दफा २६
प्रतिफल बिनाको विनिमेय अधिकारपत्र
प्रचलित कानून विरुद्ध लेखिएको, स्वीकार गरिएको, दरपीठ गरिएको वा हस्तान्तरण गरिएको विनिमेय अधिकारपत्रले त्यस्तो काम गर्ने पक्षहरूको बीचमा भुक्तानी गर्नुपर्ने दायित्व सृजना गर्दैन । त्यस्तो विनिमेय अधिकारपत्र कसैले धारकलार्ई दरपीठ गरी वा नगरी हस्तान्तरण गरेमा त्यसरी प्राप्त गर्ने धारकले त्यस्तो विनिमेय अधिकारपत्रको रकम हस्तान्तरण गर्ने व्यक्ति वा अन्य कुनै पूर्वपक्षबाट फिर्ता लिन सक्नेछ ।